भूपाल सुन्चेउरी
रेडियो शैलुङ सामुदायीक एफएम १०४ मेगाहर्जले आफ्नो पांचौ बार्षीक उत्सब मनाएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको िसभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सामुदायीक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष मिनबहादुर शाहीले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाई, पूर्व सांसद एवं एमाले नेता आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका अध्यक्ष पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका नेता एवं पूर्व जिविस सभापति रुद्रबहादुर खड्का, एकिकृत नेकपा माओवादी दोलखाका सचिवालय सदस्य इश्वर थापा, नेकपा– माओवादी दोलखाका इन्चार्ज पूर्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी रोशन ज्ञवाली, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटी, हाम्रो रेडियोका स्टेशन मेनेजर लक्ष्मण खड्का, कालिञ्चोक एफएमका अध्यक्ष दीपक वस्नेत, रेडियो हिमाली जिरीका स्टेशन मेनेजर मनोज ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैक्रममा रेडियोले बिभिन्न बिधामा पुरस्कार प्रदान गरेको छ । समाचार तर्फ डेक्स सम्पादक मन्दीरा थापालाई, कार्यक्रम तर्फ सरद सापकोटालाई, कार्यक्रम उत्पादन तर्फ राजन थामीलाई, विज्ञापन उत्पादन तर्फ रामचन्द्र गिरीलाई, प्राविधिक तर्फ दीपक वस्नेतलाई, गाविस संवाददात तर्फ बाबरेका श्याम खतिवडालाई, उत्कृष्ट स्रोता तर्फ रामेछापकी सुमी मगरलाई, विज्ञापन दातामा नमस्ते अडियो भिडियो सेन्टर चरिकोटलाई प्रदान गरिएको थियो ।