Thursday, September 27, 2012

कृत्रिम पोखरीमा डुबेर दुई किशोर बेपत्ता

दोलखाको लाँकुरी डाँडा गाविसको खरिढुंगा निकाल्दा बनेको कृत्रिम पोखरीमा डुबेर दुई किशोर बेपत्ता भएका छन्। उनीहरुको उद्धार गर्न सदरमुकामबाट वर्दबहादुर गणबाट कर्णेल महेन्द्र महर्जनको नेतृत्वमा टोली पुगेको छ। सदरमुकामबाट २० किलोमिटर टाढा रहेको ओरेन्ट म्याग्निसाइडको खानीमा बनेको कृत्रिम पोखरीमा १६ वर्षका रोशन श्रेष्ठ र १३ वर्षका कान्छा श्रेष्ठ आज बिहान पौडी खेल्न गएका थिए। पोखरी ५० फिट गहिरो भएको बताइएको छ। पोखरीबाट पानी बाहिर निकाल्न गाउँले र प्रहरीले प्रयास गरिरहेको खरिढुंगा प्रहरी चौकीले टेलिफोनमा बताए। उद्धारमा कठिनाई भएपछि सेना गुहारिएको हो