Wednesday, October 24, 2012

दशैंको शुभकामना सन्देशमा के भने नेताहरुले रु


कात्तिक ८ – विजया दशमीका अवसरमा बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिँदै बडादशैंले सम्पुर्ण नेपालीलाई एकता र सद्भावको सुत्रमा बाँध्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी गर्ने सर्तमा टेकेर नै अहिलेको राजनीतिक जटिलताबाट मुक्ति पाउने सकिने भन्दै अध्यक्ष प्रचण्डले बडादशैंले त्यसतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस भन्ने शुभकामनामा दिनुभएको छ । यस्तै कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो शुभकामना सन्देशमा राष्ट्रिय हितको संवद्र्धन गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गर्ने जिम्मेवारीलाई सबैले आआफ्नो क्षेत्रबाट पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेकपा ९एमाले० का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सहमति, सामाजिक सद्भाव र सम्पूर्ण नेपालीको प्रगतिका लागि शुभकामना व्यक्त गर्दै मुलुकमा चौतर्फी सङ्कट गहिरिँदै गइरहेका बेला राष्ट्रिय एकता र सहमतिबिना राष्ट्रको अग्रगति सम्भव नभएको भन्दै सहमतिका लागि आग्रह गर्नुभएको छ । यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नागरिकको इच्छा र आकाङ्क्षामाथि संविधानसभाको विघटनले गम्भीर आघात पुर्‍याएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले दुर्गा भवानीले नयाँ निर्वाचनको मानसिकता प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ । यस्तै पूर्वसांसद मञ्च नेपालले राष्ट्रिय सहमति गरी राजनीतिक, संवैधानिक र आर्थिक सङ्कटको हल गर्दै नागरिकलाई आशा र भरोसापूर्ण जीवन बिताउन पाउने वातावरण तयार गर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ ।