कात्तिक ५
दशै मनाउने तयारीका भिन्न भिन्न् हुन्छन् । धेरै घर परिवारसँगै नै रमाइलो गर्छन केही लामो विवादमा घुम्ने अवसरका रुपमा पनि प्रयोग गर्छन । कालाकारहरु दशै कसरी मनाउँछन र दशै भन्ने वित्तिकै के याद गर्छन।
झरना थापा
दसैं भन्नेबित्तिकै तपाईंलाई के याद आउँछ
मलाई बच्चा बेलाको कुरा याद आउँछ । म फ्ल्यासब्याकमा पुग्छु । त्योबेला दसैं भन्नेबित्तिकै दक्षिणामा ध्यान जान्थ्यो, आशीर्वादतिर त जाँदै जाँदैनथ्यो । आशीर्वादभन्दा कसले बढी पैसा दियो, उही आदरणीय हुन्थ्यो । म, बहिनी र भाइबीच कसले बढी दक्षिण कमायो भन्ने कुरामा प्रतिस्पर्धा हुन्थ्यो । कहिलेकाहीँ हाम्रोभन्दा भाइको दक्षिणा बढी हुन्थ्यो र हामी आमासँग झगडा गथ्र्यौं,
दसैंमा लगाउने कुराको कत्तिको सौखिन हुनुहुन्थ्यो
दसैंमा नयाँ लुगा हामीलाई चाहिन्थ्यो नै १ म लुगाको सौखिन थिएँ । मलाई दसैंमा मात्र होइन, अरु बेला पनि राम्रो लुगा चाहिन्थ्यो ।
दसैंको सबैभन्दा आकर्षक चिज के थियो त्यो बेला
खसी ढालेको हेर्न मलाई मज्जा लाग्थ्यो । दसैंमा हाम्रो घरमा खसी ढालिन्थ्यो, छ्याप्प छिनाल्दा म छेउमा बसेर हेर्थें । मलाई त्यो ज्यादै राम्रो लाग्थ्यो । घरमा खसी ढालेको मनपर्नु स्वाभाविक थियो, मलाई त हाम्रो घरवरपर कतिवटा खसी काटिए भन्ने पनि थाहा हुन्थ्यो । खसी काट्दा मलाई जहिले पनि इच्छा हुन्थ्यो– खसीको डोरी आफूले समाउन पाइयोस् १ तर केटी मान्छेले खसी काट्नु हुँदैन, काट्न लागेको खसी छुनु हुँदैन भन्ने सोच थियो । त्यसैले म छेउमा बसेर हेर्थें मात्रै ।
दसैं भन्नेबित्तिकै मासु पनि आउँछ, तपाईंलाई कत्तिको रुचि छ यसमा
म मासुको त्यति सौखिन थिइनँ र पछि पनि भइनँ । तर, बिहे भएर जब म श्रीमान्को घर आएँ, घरमा जुन बेला पनि र खासगरी ब्रेकफास्टमा समेत मासु देख्दाचाहिँ अचम्म लाग्थ्यो । पछि त ब्रेकफास्टमा मासु हुनु सामान्य लाग्न थाल्यो ।
मासुको कुन परिकार बनाउन तपाईलाई आउँछ
कवाब मलाई राम्रोसँग बनाउन आउँछ । अरु पनि बनाउँछु तर परिवारका सदस्य मैले बनाएको कवाबलाई निकै रुचाउँछन् ।
अहिलेको दसैंमा के फरक आयो त
अरुको दसैं त थाहा छैन तर मेरो दसैंमा ठूलो अन्तर आइसक्यो । हिजोसम्म म एउटी छोरी थिएँ भने अहिले म श्रीमती र आमा भइसकें । त्यसैले फरक त हुने भइहाल्यो नै । अहिले पनि घरमा खसी काट्ने, परिवारसँग बस्ने, सुटिङ प्याकअप हुने हुनाले मलाई दसैं एउटा लामो छुट्टीजस्तो हुन्छ । त्यसैले यो छुट्टीमा आफन्तकहाँ गएर टीका लगाइसकेपछि तास खेल्ने, रमाइलो गर्ने र हल्का ड्रिंक गर्ने काम हुन्छ ।
बच्चामा त तपाईं बढी दक्षिणा पाउन झगडा गर्नुहुन्थ्यो, अहिले अभिभावक हुँदाचाहिँ नि
अब अहिले अभिभावक हुँदा सबैको ध्यान पु¥याउनुपर्ने हुन्छ । घरका प्रत्येक सदस्यका लागि सपिङ गर्ने, खर्चपानी दिने काम गर्छु । म भरसक केटाकेटीहरूको चित्त बुझाउने प्रयास गर्छु किनभने दसैं अभिभावकहरूका लागि भन्दा पनि बालबालिकाहरूका लागि बढी आउने गर्दछ । दसैंको चर्चा स्कुलदेखि नै हुने गर्छ र हरेक दसैं उनीहरूका लागि यादगार हुनुपर्छ भन्ने मलाई लाग्छ ।
दसैं मनाउन नपाएको कुनै क्षण
खासै त्यस्तो छैन । मैले अहिलेसम्म परिवारसँग बसेर दसैं मनाएकी छु । र, यो कुरामा म भाग्यमानी छु ।
रेखा थापा
दसैं भन्नेबित्तिकै के कुरा याद आउँछ
बच्चा बेलाका रमाइला क्षणहरू याद आउँछन् । सानैमा म फुर्तिली र नक्कली थिएँ । त्यसैले मलाई लुगाकपडा निकै मनपर्थे । पिङमा चचहुइँ गर्न पनि मलाई उत्तिकै मनपथ्र्यो । हरेक वर्ष मलाई घरैमा पिङ लगाइदिनुहुन्थ्यो, बाबा र दादाले । दक्षिणा लिन त मनपथ्र्यो तर आफन्तकहाँ जान मलाई उति मन पर्दैनथ्यो । तर दसैंमा खुब मासु खाइन्थ्यो ।
दसैंमा गर्न मनलाग्ने कुरा
तास खेल्न मलाई खुब मनपर्छ । पोहोर सालमात्र मैले फ्लाँस खेल्न सिकें । पहिले–पहिले म अरु खेलिरहेकोमा रमाइलो गर्न बस्थें । त्यसपछि विस्तारै सिकें र परिवारसँग बसेर खेल्न थालें । तास खेल्दा झेली गर्न मलाई निकै मनपर्छ । तास लुकाएर हैरान पार्छु ।
अहिलेको दसैंमा के फरक आयो त
परार साल बुबा बित्नुभएपछि मेरो लागि दसैं उति महत्वको हुन छाड्यो । हुन त अब उमेर पनि गयो होला । यसपटक पनि तास खेलिन्छ, खानपिन गर्ने योजना छ । सपिङ गर्ने तयारी गरिरहेकी छु । अब अहिले त आफैले बनाएको फिल्म ‘कसले चो¥यो मेरो मन’ अष्टमीदेखि रिलिज हुँदैछ, त्यसैले म त्यतातिर पनि व्यस्त हुन्छु ।
दीपाश्री निरौला
दसैं भन्नेबित्तिकै तपाईंको मनमा के आउँछ
दसैंको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नै सामाजिक तथा पारिवारिक मिलन हो । म पनि प्रत्येक दसैंमा आफ्नो घर विराटनगर जान्छु । अरु बेला जतिसुकै व्यस्त भएपनि दसैं र तिहार आफ्नै घरमा मनाउँछु । कलाकारितामा संघर्षको दिनदेखि नै प्रत्येक वर्ष घर जाने गरेकी छु । अनि सबैभन्दा महत्वपूर्ण चाहिँ बाल्यकालको दसैं सम्झन्छु । त्योबेला आफूलाई नयाँ लुगाका लागि झगडा गर्न छुट हुन्थ्यो । रुन, कराउन पाइन्थ्यो । मान्यजनले टीका र आशीर्वादका साथ दिएको दक्षिणा झोलामा राख्न पाउँदा मज्जा आउँथ्यो ।
अहिलेको दसैंमा के फरक आयो त
अब पहिलेजस्तो झगडा गर्ने कुरा आएन । मामाघर त झनै जानु परिगो । आमा नभएपछि मामाघरको महत्व बल्ल बुझ्न थालेकी छु । टीका र आशीर्वाद थाप्दा सधैं नयाँ लुगा लगाउँछु । म पनि नवमीको दिन विराटनगरको कालीमन्दिर गएर पूजाआराधना गर्छु । एकादसीदेखि साथीहरूसँग जमघट र रमाइलो गरिन्छ । फिल्म हेर्ने, तास खेल्ने गरिन्छ ।
अनि मासु नि
म शाकाहारी भएकाले दसैं भएपनि अरु चाड भएपनि खासै फरक पर्दैन । तर, दसैंलाई म परिवारका सदस्यहरूसँग बसेर रमाइलो गर्ने समयका रुपमा लिन्छु ।