Sunday, October 7, 2012

औपचारिक रुपमा लडाकुहरु नेपाली सेना

असोज २१ दश वर्षसम्म सशस्त्र युद्ध लडेका माओवादीका पूर्वलडाकु कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको अधिकृतमा प्रवेश पाएका छन् । अधिकृतमा छानिएका ७१ लडाकुलाई आज नेपाली सेनाले ४५ दिने घर विदामा पठाउँदै छ । दशैं, तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुने छन ।
लडाकु कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ वर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ । २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अवस्था पनि औपचारिक रुपमा अन्त्य भएको छ ।
लडाकुबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्तर्गत तालिम दिने छन् । तालिमपछि नेपाली सेनाको गठन हुने महानिर्देशनालयमा रहने बताइएको छ ।
समायोजनमा जाने लडाकुको संख्या कम भएका कारण महनिर्देशनालय गठन हुनेरनहुने विषयमा दलहरुबीच विवाद देखिएको छ । एमाले नेता तथा सेना समायोजन समितिका सदस्य भीम रमवलले समायोजनमा जाने लडाकु थोरै भएकाले अब महानिर्देशनालय गठन नहुने बताए ।
उनले भने ूपछिल्लो सयममा समायोजनमा जाने लडाकु संख्या हृयात्तै घटेकाले अब महानिर्देशनालय बन्ने कुनै संकेत छैन । छानिएका ७१ अधिकृतलाई विशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाविद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकुको नामावली प्रकाशन गर्न छ ।