कात्तिक २६
रुपन्देहीको थुम्हवाँ पिपरहवा गाविस-५ का अब्दुल रज्जाकका १५ वर्षीय छोरा अब्दुल रसिद चुरिहारको तौल १२० किलो रहेको छ । नेपालकै नमुना रहेको मोटो र १२० किलो तौल भएका चुरिहार काँचो मासु एक किलो र पाकेको मासु दुई किलो खाने गरेको बताएका छन् ।
उनी साइकल, मोटरसाइकल चलाउन नसक्ने भएका कारण कहीँ जान परे पैदलै जाने गर्दछन् । मोटोपनले हालसम्म कुनै समस्या नभएको परिवारले बताएका छन् । उनी थुम्हवास्थित ज्ञानज्योति निमाविमा कक्षा ७ मा अध्ययन गर्दछन् । रासस