कार्तिक २५
सरकारले नियुक्त गरेको दुई महिनामै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग गरेका छन् । चिकित्सक, विद्यार्थी र कर्मचारीले शुक्रबार उपकुलपति संगीता भण्डारी र शिक्षाध्यक्ष सौम्या भट्टाचार्यलाई प्रतिष्ठानमा प्रवेश गर्न दिएनन् ।
अस्पतालमै गरिएको पत्रकार सम्मेलनमा उनीहरूले भने, 'हामीले वषौं लगाएर हुर्काएको र एउटा पद्धति बसाएको संस्थालाई कुनै व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन दिंदैनौं । यसलाई जोगाउनु हाम्रो कर्तव्य हो । माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । बिरामीलाई प्रभाव नपर्ने गरी अस्पतालका सेवाहरू पनि बन्द गर्छौं ।'
भण्डारीको राजनीतिक नियुक्ति र उनले एक पक्षीय रूपमा गरेको शिक्षाध्यक्ष भट्टाचार्यको नियुक्तिले प्रायः राजनीतिक छिटा र विवाद नपसेको पाटनको प्रतिष्ठानमा अब किचलो सुरु भएको छ । उपकुलपति भण्डारी भनिरहेकी छिन्, 'म किन छाड्ने ? म पाटन बिगार्न होइन सुधार्न आएकी हु । उपकुलपति भएपछि संस्थाका प्रत्येक गतिविधिमाथि चासो लिनु मेरो कर्तव्य हो, लिन्छु ।' शुक्रबारको पात्रकार सम्मेलनमा चिकित्सक प्रा. सिर्जना श्रेष्ठले भनिन्, 'हामी राजनीतिक आस्थाका आधारमा विरोध गरिरहेका छैनौं । हामीलाई चिन्ता प्रतिष्ठानको साख, उद्देश्य र लक्ष्य बिग्रेला भन्ने हो । सुरुवातमै उपकुलपतिका गतिविधि विवादास्पद देखिएकाले अब हामी उहालाई स्वीकार्न तयार छैनौं ।'
प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्कीका शब्दमा अहिलेको जमानामा नेतृत्व केन्द्रीकृत गर्न खोज्नु निरंकुश बन्न खोज्नु हो । 'नेतृत्व केन्द्रीकृत गर्ने राजा त फालिए, हामी संघीयताको अभ्यास गरिरहेका बेला सबै आफै समेट्छु भन्नु सम्भव छैन, हुूदैन', उनले सञ्चरकर्मीसित भने, 'मैले सामूहिक निर्णय गर्ने पहल थालेर सबैलाई मिलाएर लगेको थिएू । नेतृत्वले पदको आडमा बलमिच्याइू गर्छु भन्नु अफापसिद्ध हुनेछ । अहिलेको समस्या अधिकार केन्द्रीकृत गर्न खोजेकाले भएको हो । अहिलेका उपकुलपतिलाई शिक्षाध्यक्ष नियुक्तिमा त्यसो नगर्न मैले सुझाव दिएको थिएू । उहाले सोधेको भन्नुभयो, मैले के प्रतिक्रिया दिएू भनेर बाहिर भन्नुभएन ।'
अस्पतालको कुनै पनि काम प्रभावित नहुने गरी भएको प्रदर्शनमा बिहीबार प्रहरी हस्तक्षेप भएपछि पाटनको आन्दोलनले गम्भीर मोड लिएको छ । अब उपकुलपति वा आन्दोलनरत पक्ष दुईमध्ये एकको आवस्था सिर्जना भएको छ । उनको राजीनामा नआएसम्म आन्दोलन नरोकिने श्रेष्ठले बताइन् । उनले भनिन्, 'अब पनि माग पूरा नभए शैक्षिक र अस्पताल नै ठप्प हुनेगरी आन्दोलन गर्ने परिस्थिति आउन सक्छ । त्यसको जिम्मेवार सम्बन्धित निकाय नै हुनेछ ।' पाटनको विवाद समाधानका लागि प्रधानमन्त्रीले सचिव कृष्णहरि बास्कोटालाई जिम्मा दिए पनि त्यसले उल्लेख्य काम गर्न सकेको छैन । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री हुन् । प्रधानमन्त्री निकट स्रोतले कुलपतिले यसबारे चासो लिए पनि तत्काल भण्डारीलाई राजीनामा गराउने नगराउने निक्र्योल गर्न सकेका छैनन् । तत्काल राजीनामा गराउूदा जाने सन्देशले उनलाई पिरेको उनी निकट एक स्रोतले बतायो ।
प्रतिष्ठानको ऐनअनुसार उपकुलपति हटाउन कि भण्डारीले राजीनामा दिनुपर्छ कि सिनेटको बहुमतले उनलाई हटाउनुपर्छ । अस्पताल हातामा भने सुरक्षाकर्मी तैनाथ गरिएको छ । चिकित्सकहरूले स्वायत्तताविपरीत एकलौटी ढंगले निर्णय गर्दै आफू अनुकूल खरिद समिति गठन गरेको, सामूहिक नेतृत्वको परिपाटी लत्याउूदै मनोमानी निर्णय गरेको, प्रतिष्ठानको आर्थिक, प्राज्ञिक तथा अस्पतालको काम कारबाही एकलौटी रूपमा हात लिन खोजेको आरोप लगाएका छन् । नियुक्त हुनसाथ रजिष्ट्रार लगायतका पदाधिकारीमाथि अनियमितताको आरोप लगाएकी उपकुलपति भण्डारीले त्यसलाई प्रमाणित गर्न भने सकेकी छैनन् । संस्था सुधार्न आएका व्यक्तिले टेन्डर र ठेक्का सकिने अवधि, भएको निर्माण रोकेर निर्माणमा चासो लिनु, आफ्नो सुविधा बढाउने ठाडो प्रस्ताव सिनेटमा लानुलाई चिकित्सकहरूले शंकाको रूपमा लिएको बताए । पत्रकार सम्मेलनमा प्रा. बरालले भने, 'यसले उहाँको नियत के हो प्रष्ट्याउँछ ।' तत्काल कुलपतिले चासो नलिए संस्था धरापमा पर्ने पूर्वउपकुलपति कार्कीले बताए ।