Wednesday, November 7, 2012

अमेरीकाको राष्ट्रपतिमा ओबामा विजयी


कात्तिक २२ (एजेन्सी)

अमेरिकाको राष्ट्रपतिमा बाराक ओबामा दोश्रो कार्यकालका लागि पुन : विजयी भएका छन् । मंगलबार भएको चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म डेकोक्रेटिक उम्मेदवार बाराक ओबामाले २ सय ८१ र रिपब्लिकन उम्मेदवार मिट रोम्नीले २ सय ३ इलोक्ट्रोल मत प्राप्त गर्ने लगभग निश्चित भएको छ ।

जित्नका लागि २ सय ७० इलेक्ट्रोल मत आवश्यक थियो । बीबीसीले बताएअनुसार ५१ राज्य मध्ये ४८ राज्यको प्रारम्भीक नजित प्राप्त भइसक्दा ओबामालाई विजयी देखाएको हो । 


ओबामाको पुनः जितसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुशीयाली मनाइरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित ५१ वर्षीय ओबामा दोस्रो चार वर्षे राष्ट्रपति कार्यकालका लागि विजयी भएका छन ।

  अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उनले भारी मत अन्तरमा जितेका छन् । केही राज्यमा मतगणना भैरहेकोले आधिकारिक रुपमा घोषणा भने हुन बाँकी छ । 

फ्लोरिडा, ओहायो र भर्जिनियाको मत घोषणा हुन बाँकी रहँदै ओबामा जित्ने निश्चित भएको हो । यी क्षेत्रमा डेमोक्रेटको संख्या बढी रहेको मानिन्छ । फ्लोरिडामा बाराकले केही मत अघि छन् तर दक्षिणी फ्लोरिडाको मतगणनाले उनलाई थपमाथि उकाल्नेछ ।   भर्जिनियामा भने रोम्नीले लिड गरिरहेका छन् । प्रारम्भीक परिणाम अनुसार ओवामाले आफ्नो गृह राज्य इलियन र मस्कट्समा जित हासिल गरेका छन् । मेरिल्यान्ड र कोलम्बिया पनि ओबामाकै पक्षमा देखिएको छ । रोम्नीले दक्षिण, पश्चिम भर्जिनिया, इन्डियाना, ओक्लाममा जित हासिल गरेका हुन् । एक सय सदस्सीय सिनेट र ४३५ सदस्सीय प्रतिनिधिसभाको पनि मतगनणा जारी छ । सिनेटमा डेमोक्रेटिक र प्रतिनिधिसभामा रिपब्लिकन पार्टी अगाडी देखिएको छ ।