Tuesday, December 18, 2012

काठमाण्डौमा जाडो बढयो


पुस ४

बिहानपख लाग्ने बाक्लो हुस्सु तथा दिउँसोको तुवाँलो र हावाका कारण तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।



एक हप्तादेखि मौसम बदली हुँदा जाडो पनि बढेको छ । बिहान उठेर कामधन्दामा हिंड्नुपर्नेहरुलाई सास्ती भएको छ । पूर्वी र मध्य तराईका धेरै ठाउँमा देखिएको बदली विस्तारै पश्चिमतिर पनि सर्न थालेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु र तुवाँलो अझै बढ्ने क्रममा छ ।

काठमाडौ सहित उपत्यका र पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । हिउँदे वर्षा नहुँदासम्म आकाश राम्रोसँग नखुल्ने मौसमविदहरुको भनाई छ । पानी परेपनि केही दिन आकाश खुलेर फेरि उस्तै हुस्सु र तुवाँलो अवस्था देखिन्छ ।

तत्काल हिउँदे वर्षा हुने सम्भावना छैन । काठमाडौमा बुधबार बादल लागेको कारण तापक्रम केही बढेको छ । काठमाडौमा मंगलबार विहान साढे ७ बजे ४ डिग्री सेल्सियस रहेको तापक्रम बुधबार ७ डिग्री पुगेको छ । दिउँसो तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।