सरकारले संविधानसभा निर्वाचन घोषणासँगै सचिव र प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जल तथा उर्जा आयोगका विश्वप्रकाश पण्डितलाई उर्जा मन्त्रालयमा, उर्जाका हरेराम कोइरालालाई उपराष्ट्रपतिको कार्यालय र अख्तियार सचिव गणेशराज जोशीलाई वन मन्त्रालयमा सरुवा गरेको छ ।
बाणिज्य सचिव लालमणि जोशीलाई गिरिबी निवारण मन्त्रालयमा, मध्यमपश्चिम क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताललाई राष्ट्रपति कार्यालय, पूर्वाचल प्रशासक जनार्दन नेपाललाई बाणिज्य मन्त्रालयमा सरुवा गरेको छ । नागरिक उड्ययन प्राधिकरण मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा उपमहानिर्देशक रतिशचन्द्र लालाई बढुवा गरेको छ ।
बैठकले पूर्वाचलमा डीआईजी उपेन्द्रकान्त अर्याल, पश्चिमाञ्चलमा सुरेन्द्रबहादुर शाह, मध्यमाञ्चलमा विज्ञानराज शर्मा, मध्यपश्चिममा राजेन्द्रसिह भण्डारी र सुदूरपश्चिममा नारायण बस्ताकोटीलाई सुरुवा गरेको छ । ट्राफिक महाशाखामा केशब अधिकारी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गोपाल भण्डारी, केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा प्रकाश अर्याल, प्रतिआतंकवाद निर्देशनालयमा बमबहादुर भण्डारी र प्रहरी प्रधान कार्यालयमा नवराज सिलवाललाई सुरुवमा गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।