Thursday, June 13, 2013

उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । अहिले बिहान बस्ने बैठकमा निर्वाचन कानुनको विवाद टुङ्गो लगाउने जिम्मा सरकारलाई दिइसकेको समितिले बाँकी प्राविधिक विषयमा छलफल गर्ने छ ।

शुक्रबारको एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनालको संयोजगत्वमा बस्ने अन्तिम बैठक हो । शनिबारबाट समितिको नेतृत्व फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्हाल्नेछन् ।

समितिका संयोजक एमाले अध्यक्ष झलनाथ खनालले शुक्रबारको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग, चुनावको मितिका विषयमा छलफल हुने बताए । ''निर्वाचन कानुनको जिम्मा सरकारलाई दिएपनि राष्ट्रिय योजना आयोग सहित विभिन्न आयोगका नियुक्ति लगायतका विषयमा छलफल हुन्छु खनालले भने, निर्वाचन कानुन वाहेक निर्वाचनसँग जोडिएका अरु विषय पनि छन् त्यसमा छलफल हुन्छ ।


नेतृत्वको सम्हालेको दिनदखि अन्तिम सम्म पनि म निरन्तर विवाद समाधानको छलफलमा केन्द्रित रँहे खनालले भने अरु दलले सहयोग गरेको भए मैले सबै विवादको समाधान नै गरिदिन्थ्ये । उनले थ्रेसहोल्ड राख्ने विषयमा एमाले केही लचक भएपनि फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउने विषया अडान कायम रहेको बताए ।

समितिका संयोजक अध्यक्ष खनालले आफ्नो एक महिने कार्यकालका विषयमा छुट्टै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । समय भने वैठकपछि मात्रै तय हुने उनको निजी सचिवालयले जनाएको छ ।