Monday, June 17, 2013

नेपाल अफ्रिका फिल्म फेस्टिबल हुँदै

काठमाडौंमा मंगलबारदेखि नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु हुँदैछ ।
दुई देशबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गरिएको हो ।
रसियन कल्चर सेन्टरमा विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म फिल्म प्रदर्शन गरिने नेपाल अफ्रिका फिल्म फेस्टिबलकी निर्देशक मञ्जु मिश्रले जानकारी दिनुभयो ।
बिहीबारसम्म चल्ने फेस्टिबलमा ८ देखि १० वटा अफ्रिकाका फिल्म, ३ वटा नेपाली फिल्म, ३ वटा छोटा रसियन फिल्मलगायत प्रदर्शन गर्ने तयारी छ