Monday, June 17, 2013

अषाढको बाढिले कहाँ कहाँ के के भयो

लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पानीका कारण खोलाको सतह बढेको छ भने विभिन्न स्थानको बाटो अवरुद्ध हुँदा यातायात सेवा पनि बन्द भएको छ । सवारीका साधन नचल्दा एकठाउँबाट अर्को ठाउँमा जान हिँडेका यात्रुहरुको पनि विचल्ली भएको छ ।अझै केहीदिन निरन्तर बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा धेरै बर्षा मध्य तथा सुदूरपश्चिमा परेको छ । दार्चुलामा सोमबार राती अबेरसम्म सबैजसो सरकारी कार्यालय बगाएको छ । सदमुकामको पुरै बस्ति नै खतरामा परेपछि स्थानिय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
वालवालीका, विरामीहरु विचल्लीमा परेका छन् । उनीहरुलाई खानाका लागि सरकारले चिउरा र दालमोटको व्यवस्था मिलाएको छ ।
वैतडीमा पाँच वेपत्ता
बैतडीको सिद्धेश्वर गाविस(९ स्थित एक घरमा सोमबार राति पहिरो जाँदा एकै घरका पाँच जना पुरीएका छन् । रामसिंह ऐरको घरमा पहिरो जाँदा उनी सहित पुरै पाँज जनाको परिवार पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरीक्षक मदनसिंह धामीले जानकारी दिनुभयो । पुरिएका मध्ये २ जनाको शव निकालि सकिएको र बाँकीको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
अछाममा पहिरोले बगाउँदा दुईको मृत्य
अछामको कुन्तीबण्डाली गाविस ३ मिस्तुर भन्ने गाउँमा पहिरोले बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा स्थानीय अनिशा बोगटी र उनकी छोरीको मृत्यु भएको हो । पहिरोमा परेर स्थानीय मिनबहादुर बोगटी सहित छोराहरु मुकेश र रोहित घाइते भएका छन् । यसैबीच, घटनाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय अछामका इनिस्पेक्टर सुर्य थापाको नेतृत्वमा २० जनाको उद्धार टोलि घटना स्थल तर्फ गईसकेको अछाम प्रहरीले जनाएको छ ।
डोटीमा एक बेपत्ता
अविरल वर्षाका कारण डोटीको गगुडा गाविस को रौवा खोलामा आएको बाढीले बगाउदा एक जना बेपत्ता भएका छन् भने दुइ जना बाँच्न सफल भएका छन् । रोपाई गर्न गएका बेला खोला तर्ने क्रममा सोमबार साँझ ५ बजे गगुडा गाबिस वडानं ३ पलाडी बस्ने ४१ बषिर्य देबि बोगटीलाई खोलाले बगाएको हो । बोगटी को खोजि कार्य जारी रहेको स्थानिय गणेश बोगटीले जानकारी दिनु भयो । यसैगरी लगातार बर्षका कारण ग्रामीण सडकखण्डहरु अवरुद्ध भएका छन् । चार दिन देखि लगातार पानी परेपछि ग्रामीण सडकहरु हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।
गण्डक क्षेत्रमा त्रास बढ्दो
यसैबीच लगातारको बर्षाले नारायणी नदीको सतह बढ्दा नवलपरासी गण्डक क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । गएको असोजमा १२ नम्बर ठोकरको धेरैजसो भाग बगाएपछि नदीको पानी वस्तीमा आउने संभावना बढेको भन्दै स्थानीय वासिन्दा डराएका हुन् । नदीमा आएको बाढीले हिउँदमा बाँध बगाएपछि डर थपिएको स्थानीय प्रेमचन्द्र गुप्ताले बताउनुभयो । एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर गएको वर्ष नै बगाएको थियो । दुई दिनदेखि परेको बर्षाका कारण नदीको बहाव हृवात्तै बढेर दुई लाख २५ हजार क्यूसेक पानी पुगेको छ । बाढीको अनुपात बढ्दै जाँदा १२ नम्बर ठोकरको करिब १२ मिटर भाग बगाइसकेको गुप्ताले बताउनुभयो ।
बुटबलका विद्यालय बन्द
निरन्तर वर्षा भएपछि रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरुमा बिदा दिइएको छ । निरन्तरको वर्षाले विद्यार्थीहरुको आवतजावत र पढाइमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाउदै निजी तथा आवासिय विद्यालय अर्गनाजेशन नेपाल ९प्याब्ससन० रुपन्देहीले आजदेखि चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
वर्षे बिदामा समायोजन गर्नेगरी आजदेखि शुक्रबारसम्म मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनालले जानकारी दिए । रुपन्देहीमा प्याब्सन अन्र्तगत झण्डै दुई सय विद्यालय बन्द छन् । निरन्तरको वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन् ।