Friday, June 21, 2013

सुनचाँदी ब्यवसायीको आन्दोलन फिर्ता

आन्दोलनरत सुनचाँदी ब्यबसायी र सरकारवीच सहमति भएपछि १० दिनदेखि बन्द सुनपसल खुल्ने भएका हुन् ।
बार्तामा ब्यबसायीका समस्या समाधान गर्न बाणिज्य मन्त्रालयका उपसचिब नुतराज पोखरेलको संयोजकत्वमा ब्यबसायी समेत रहेको कार्यदल बनाएपछि ब्यबसायी आन्दोलन रोक्न सहमत भएका हुन् ।

कार्यदलले चाडै भन्दा चाँडै सुनचादी ब्यबसाय सञ्चालन सम्बन्धि कार्यबिधि बनाउने छ ।
त्यस्तै सरकारले कारबाहीको प्रक्रिया चलाएको ११ जना ब्यबसायीको बिषयमा पनि कार्यदलले नै निर्णय गर्ने सहमति भएको नेपाल सुनचाँदी ब्यबसायी महासघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।