Saturday, July 13, 2013

जहाज बेच्न एजेन्ट नेपालमा, अफिसर्स क्लबमा वार्ता

नेपाली सेनाले एमआई १७ भी फाइभ ब्रान्डका दुईवटा रुसी हेलिकोप्टर खरिद गर्ने भएपछि रुसी बिचौलिया कम्पनी रोजोबोरोन एक्सपर्टका प्रतिनिधि चार दिनदेखि काठमाण्डौमा छन् । सेनानकै पहलमा हेलिकोप्टरको मूल्य निर्धारणका लागि जंगी अड्डामा उक्त रुसी कम्पनी र रुसकै सरकारी प्रतिनिधीसंग मोलमोलाई भइरहेको छ ।



एमआई १७ उत्पादक रुसको कजान हेलिकोप्टर्स कम्पनीका प्रतिनिधि पनि उक्त वार्तामा सामेल छन् । तीनदिनदेखि सैनिक अफिसर्स क्लबको एउटा कक्षमा भएको वर्तामा हेलिकोप्टरको मूल्यवारे सहमति हुन सकेको छैन । सेनाले सरकारको स्वीकृतिमा तीन अर्बमा दुईवटा हेलिकोप्टरका लागि खर्च गर्न सक्ने छ भने रुसी कम्पनी र विचौलिया प्रतिनिधिले उक्त रकममा अझ थप केही चाहिने प्रस्ताव अधि सारेका छन् । आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ । गत बुधवार राजधानीमा आएका रुसी प्रतिनिधिले एमआई १७ भी फाइभ सिभिलियन भर्सन हेलिकोप्टरका लागि एक करोड ७१ लाख अमेरिकी अडलर मूल्य पर्ने प्रस्ताव गरेका छन् ।

यो मूल्यमा दुईवटा हेलिकोप्टर खरिद गर्दा तीन अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पर्छ । तोकिएको बजेटभन्दा बढीको प्रस्ताव आएपछि नेपाली सेनाको हवाई महानिर्देशनालय, कानुन, सम्भार विभाग र सैनिक अपरेसन विभागका प्रतिनिधिसहितको प्राविधिक टोलीले मूल्य बार्गेनिङ गरिरहेको छ । टोलीमा सहभागी एक अधिकृतका अनुसार नेपाली पक्ष प्रति हेलिकोक्ष्पटर एक अर्ब ५० करोडसम्म तिर्न तयार छ ।