Friday, June 21, 2013

खेलकुद पत्रकारको ‘स्पोट्स अवार्ड’ आज

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर आज  असार ८ गते नेपाल खेलकुद पत्रकार मञ्चले २०६९ सालको ‘स्पोर्ट  अवार्ड’ वितरण गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले दिएको जानकारीअनुसार यस वर्ष पनि विगतमा जस्तै आठ विधामा अवार्ड वितरण गरिने छ ।


विभिन्न विधामा छनोट हुने खेलाडीको नाम केही दिनपछि सार्वजनिक गरिएको थियो । त्यसैगरी मञ्चले प्रदान गर्दै आएको ‘वर्षको चर्चित खेलाडी’ मा क्रिकेटका कप्तान पारस खड्का, फुटबलका जगजित श्रेष्ठ, उसुकी झरना गुरुङ, पौडीका शिरिष गुरुङ र एथलेटिक्सकी केशरी चौधरी मनोनयनमा पर्न सफल भएका छन् ।


मनोनयनमा पर्न सफल पाँचजना खेलाडीलाई एसएमएस मत तथा फेसबुकमा प्राप्त गरेका ‘लाइक’ लगायतका आधारमा विजेता घोषणा गरिने छ । यस विधामा विजेता हुने खेलाडीले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछ ।