Saturday, July 13, 2013

सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने

सरकारले आर्थिक वर्ष २०७०र०७१ को बजेट प्रस्तुत गर्ने भएको छ । आइतवार साँझ साढे ५ बजे राष्ट्रिय योजना आयोग ९डा। हर्क गुरुङ हल० मा अर्थामन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण ९बजेट० प्रस्तुत गर्नु हुने छ ।



निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन ।

बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षासमेत गरी करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ । यसैवीच बजेट पारित गर्न आइतवार विहान ११ बजेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।