Saturday, August 24, 2013

प्रेमले मोटो बनाउँछ


प्रेम जो कोहीका लागि आत्मगौरवको विषय हो र अमूल्य चिज हो । सबै मानिसले प्रेम गर्न तथा पाउन चाहन्छन् । तर एक नयाँ अध्ययनले प्रेम गर्नु मान्छेको स्वास्थ्यका लागि भने केही हानिकारक रहेको देखाएको छ । अध्ययन अनुसार प्रेमले मानिसलाई मोटोपनाको सिकार बनाउने खतरा हुन्छ ।

फिमेलफस्र्ट डट कम नामक वेबसाइटमा उल्लेख भएको समाचार अनुसार एक सर्भेक्षणबाट यस्तो कुरा पत्ता लागेको हो । सर्भेक्षण अनुसार प्रेमका कारण मानिसमा वजन बढ्नुमा केही परम्परागत कारकतत्वहरुले भूमिका खेल्छन् । जस्तै आत्मसन्तुष्टी, सहज भोजन, छुट्टीमा सँगै हुनु र व्यायाम नगर्नु आदि ।

सर्भेक्षणमा सहभागी गराइएका अधिकांस मानिसहरुले प्रेममा फसेपछि आफ्नो वजन बढेको प्रतिक्रिया दिएका थिए । उनीहरुका अनुसार आफ्नो मात्र नभइ आफ्नो प्रेमी प्रेमिकाको पनि वजन बढेको थियो ।

शोधकर्ता इज्जी क्यामरनका अनुसार अध्ययनले प्रेमपश्चात मानिसमा आत्मसन्तुष्टीको तह निकै उच्च हुने रोचक तथ्य पत्ता लगाएको छ । सर्भेक्षणमा सामेल महिलाहरुले आफुले प्रेम अघि भन्दा जोडी कसेँपछि बढि खानेकुरा खान थालेको बताएका छन् ।