Tuesday, July 16, 2013

दार्चुलाका बाढी पीडितहरुले आन्दोलन गर्ने

महाकाली नदीमा आएको बाढीबाट दाचुर्ला सदरमुकाम खलंगामा विस्थापित परिवारहरुले आन्दोलन गर्ने भएका छन् । बाढीपीडित संघर्ष समितिको मंगलबार बसेको बैठकले सरकारले विस्थापितहरुको मागलाई वेवास्ता गरेको निष्कर्ष निकालेको छ ।

सदरमुकाममा बसेको बैठकले भोली बाढी पीडित परिवारको भेला गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको संघर्ष समितिका अध्यक्ष ललितसिंह बोहराले बताउनुभयो । बिहीबार खलंगा बजार बन्द गर्ने निर्णय भएको बोहराले बताउनुभयो ।

पीतिडहरुले गत असार २४ गते जिल्ला प्रशासन कार्यालयमा छबुँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा असार २८ गते भित्र क्षतिको यकिन विवरण तयार पारी असार मसान्तभित्रै पीडितहरुलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने, पुनःस्थापनाका लागि कञ्चनपुरको राजमार्ग छेउमा जग्गा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको थियो ।