Tuesday, October 9, 2012

पत्रकार तारा रेग्मीको निधन

असोज २३
न्यूज २४ टेलिभिजनका पत्रकार तारा रेग्मीको अकस्मात निधन भएको छ । समाचारवाचक रेग्मीको आज विहान ४ बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो । दाङ स्थायी घर भएका रेग्मी न्यूज २४ टेलिभिजन स्थापनदेखि नै कार्यरत थिए । उनको शवलाई गाडीबाट गृह जिल्ला दाङतर्फ लगिएको न्यूज २४ टीभीका पत्रकार युवराज आचार्यले बताए । एक्कासी अशक्त भएपछि उनलाई राति नै अस्पताल लगिएको थियो । उनी सोमबार राती १० बजेको समाचार वाचन गरीनिवास फर्किएका थिए ।