Tuesday, October 30, 2012

डलरको मूल्य बढ्यो

महँगिएका कारण पेट्रोलिय पदार्थको मूल्य चाप पर्ने


कात्तिक १५

निरन्तरत घटेर ८२ रुपैयाँ ३९ पैसामा झरेको डलरको मूल्य फेरी बढ्न थालेको छ। डलरको मूल्य बढेर ८६ रुपैयाँ ७४ पैसा पुगेको छ। मंगलबार एक डलरको मूल्य ८५ रुपैयाँ ९९ पैसा थियो। भारतीय सरकारको कदमपछि नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुँदै गएको थियो। तर विस्तारै डलर फेरी बलियो हुन थालेको छ।

भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो भएको हो। माघदेखि निरन्तर बढिरहेको डलरको मूल्य तीन सातादेखि घट्न थालेको थियो। तर केही दिन यता फेरी डलर बढ्न थालेको हो।

डलर सस्तो हुँदा विदेशबाट भित्रिने वस्तु किन्ने, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई फाइदा हुन्छ। डलर महँगिएपछि अधिकांश आयातित वस्तुको मूल्य बढ्नेछ। यसको असर देखिन भने केही समय लाग्नेछ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा पनि डलरले असर गर्ने छ। साउनमा विदेशमा काम गर्ने नेपालीले ३३ अर्ब ८१ करोड रुपैयाँ रेमिटेन्स पठाएका छन्।  खासगरी भारतबाहेक देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुने छ। विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्नेछ। सबैभन्दा बढी मार पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। डलर महँगिएका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्न चाप पर्ने छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्छ।