Tuesday, October 30, 2012

गाडी दुर्घटनामा १ जनाको ज्यान गयो


कात्तिक १५

मकवानपुर हेटौडाको थानाभर्‍याङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । अरु दुइजना गम्भीर घाईते भएका छन् । ना ४ ख ७४३५ नम्बरको बसले ना ८ प ३६८० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा चितवन पिठुवा २ का ६० बर्षिय भक्तबहादुर बजगाईंको ज्यान गएको हो ।

ठक्करबाट मोटरसाईकलमा रहेका उहाँका छोरा र नाती गम्भीर घाईते भएका छन् । घाइतेहरुको भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।