Monday, October 29, 2012

गुल्मीमा भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन्

कात्तिक १३

ठूलो लुम्पेक गाविसवाट वुटवल तर्फ जाँदै गरेको लु १ ज १९५८ नम्वरको जिप दिउँसो गुल्मीको ग्वादी गाविस ५ स्थित साँघुरेमा र्दुघटना भएको प्रहरीले जनाएको छ ।

घाईते मध्य नौं जनालाई थप उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा पठाईएको र अन्यको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज देववहादुर वुढाथोकीले जानकारी दिनुभयो ।

साँघुरो वाटामो व्रेक फेलभई जिप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।