Wednesday, May 15, 2013

मुस्ताङमा विमान दुर्घटना,७ को अवस्था गम्भीर


पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको जहाज मुस्ताङमा दुर्घटना, केही घाइते, पाइलटसहित ४ को अवस्था गम्भीर

पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको 9 N ABO हाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।



विमानस्थलमा ल्यान्ड गरिसकेको विमान नरोकिएपछि सोझै काली गण्डकीमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिनु भयो। नेपाल एयरलाइन्सको ढ ल् ब्द्यइ विमान अवतरणको क्रममा जोमसोम विमानस्थलको छेउमा लगाइएको जालीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा जहाजमा सवार केही यात्रुहरु घाइते भएका छन् । जसमध्ये पाइलटसहित ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बिमानमा सवार कसैको मृत्यु नभएको र बिमानमा आगलागी वा बिष्फोटसमेत नभएको तथा बिमानको पखेटा भने भाचिएको उहाले जानकारी दिनुभयो । १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । विमानमा ८ जापानी सहित नेपाली र भारतीय यात्रु रहेका थिए ।

अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानविय क्षति नभएको तर विमान चालक घाइते भएको प्रहरीले जनाएको छ ।