Wednesday, May 15, 2013

उच्च स्तरिय राजनीतिक समितिको बैठक आज


काठमाडौ, जेठ २ –

 चुनाव सम्बन्धी ऐन नियमका विषयमा छलफल गर्न बिहीबार उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ ।

दिउँसो नयाँबानेश्वरमा बस्ने समितिको बैठकमा चुनाव सम्बन्धी ऐन नियममा देखिएको विवाद समाधान गर्ने विषयमा छलफल हुन लागेको हो ।

निर्वाचन क्षेत्र निर्धारण आयोग, राजदूत नियुक्ती, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको नियुक्ति लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । दिउँसो बैठक बस्ने भनिएपनि समय भने तय भसकेको छैन ।
उच्च स्तरिय राजनीतिक समितिमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका प्रतिनिधिहरु छन् ।
पालैपालो संयोजक हुने नियम अनुसार जेठ महिना लागेपछि एमाले अध्यक्ष झलनाथ अनाल समितिको संयोजक बन्नुभएको छ ।


unn.com