पोखरा, ४ जेठर नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत नेकपा–माओवादीलगायतका दलहरूलाई सहमतिमा ल्याएर निर्वाचन गर्नुुपर्ने बताउनुभएको छ ।
पोखरामा आज भएको दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभापति कोइरालाले आन्दोलनरत दलहरू चुनावको विपक्षमा नरहेको भन्दै उनीहरूसँग वार्ता र संवाद गरी चुनावमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
आन्दोलनरत लगायत सबै दललाई समेटेर निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा कोइरालाको जोड छ ।
सभापति कोइरालाले देश चुनावमय भइसकेकाले चुनावी माहौल विगार्ने गरी कुनै पनि राजनीतिक नियुक्ति गर्न नहुने र गरिएको निर्णयहरू पनि खारेज गरिनुपर्नेमा जोड दिनुभयो ।