Friday, June 21, 2013

सेनाको हेलिकोप्टर नपाएपछि शीर्ष नेता सुदुरपश्चिम गएनन्

नेपाली सेनाको हेलिकोप्टर नपाएपछि शीर्ष नेताको सुदुरपश्चिम जाने आजको कार्यक्रम स्थगित भएको छ ।सुदुरपश्चिम जानको लागि नेपाली सेनाको हेलिकोप्टर उपलब्ध गराउन विहानै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई एमाओवादी अध्यक्ष प्रचण्डले आग्रह गरेको गरेको भएपनि सरकार मौन रहेपछि दलहरुको कार्यक्रम स्थगित भएको हो  ।

 निजी हेलिकोप्टरमा जान मौसमका कारण असुरक्षित हुने भन्दै प्रचण्डले सेनाको हेलिकोप्टर व्यवस्था गरिदिन रेग्मीलाई अनुरोध गरेका थिए । हेलिकोप्टर दिने बारेमा सरकारको मौनतासँगै शीर्ष नेताहरु कहिले सुदुरपश्चिम कहिले जाने भन्ने बारे अनिश्चितता पैदा भएको छ ।

सरकारले हेलिकोप्टर दिन ढिलाई गरेकोले सुदुरपश्चिम जाने कार्यक्रम अनिश्चित भएको प्रचण्डका सहयोगी शिव खकुरेलले ओएनएसलाई जानकारी दिए । “निजी हेलिकोप्टरमा जान असुरक्षित भएकालेले सेनाको हेलिकोप्टर मागिएको थियो ” खकुरेलले भने “नपाएपछि जाने कार्यक्रम स्थगित भयो । ”

यसै साता बाढीले पुर्‍याएको क्षतिबारे अवलोकलन तथा स्थानीयसँग भेटघाट गर्नको लागि प्रचण्डसहित कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार सुदुरपश्चिम जाने तयारीमा थिए ।