Thursday, June 13, 2013

मिडिया कप शनिबारदेखि

नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा छैटौं भर्जिन मिडिया कप फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १७ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा साविक विजेता नेपाल टेलिभिजन, उज्यालो एफएम, अरनिको टेलिभिजन, रेडियो नेपाल, कान्तिपुर दैनिक, कारोबार दैनिक, गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन तथा च्यानल नेपालको सहभागिता रहनेछ । त्यस्तै अन्य सहभागीमा साविक उपविजेता इमेज च्यानल, अन्नपूर्ण पोस्ट, पिजे क्लब, आर्थिक अभियान, नागरिक दैनिक, हिमालय टेलिभिजन, कान्तिपुर टेलिभिजन र टीटीभी छन् ।

प्रथम हुने टिमलाई ५० हजार र दोश्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार वा सो बराबरको गिफ्ट ह्याम्पर दिइनेछ । पहिलो पटक नगद पुरस्कारको व्यवस्था गरिएको हो । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले ट्रफी प्राप्त गर्नेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटनसहित दुई खेल लगनखेलस्थित आर्मी ट्रेनिङ एन्ड स्पोर्ट्स सेन्टरमा हुनेछ । फाइनल असार ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । बाँकीका खेल बुद्धि विकास खेल मण्डलमा खेलाइनेछ ।