Sunday, June 16, 2013

बन्दले जनजीवन कष्ठकर

चुनावको मिति घोषणामा असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरुले आज नेपाल बन्द गराएका छन् । नेकपा(माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका ४२ दलले सयुक्त रुपमा गरेको बन्दका कारण आइतवार देशभरको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण बिहानै गाडी नचल्दा नागरिकहरुलाई कठिनाइ भएको छ । उपत्यका बाहिर जाने र भित्रीने गाडीहरु पनि चलेका छैनन । पानी परे पनि बन्दकर्ताहरु बिहानै सडकका चोक चोकमा भेला भएर गाडी चल्न रोक लगाइरहेका छन् । काठमाण्डौंका चोक चोकमा प्रहरीहरु पनि बाक्लो संख्यामा तैनाथ गरिरहेका छन् । बन्दका कारण विद्यालयहरु बन्दहुँदा लाखौ विद्यार्थीको पढाई प्रभावित भएको छ ।


बन्दको बेला पनि एम्बुलेन्स, प्रेस र अति आबश्यक सवारीलाई भने चल्न बन्दकर्ताले बताएका छन् । बन्द साँझ ६ बजेपछि मात्रै बन्द खुल्नेछ । बन्दकर्ताले प्रमुख चारदलबीच भएको ११ र २५ बुदे सहमति खारेज गरि नयाँ सहमतिमा जानुपर्ने माग गर्दै आएका छन् । सरकारले वार्ताका लागि आहृपान गरेपनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरुले वार्ता पनि नगर्ने बताइरहेका छन् ।

बन्दका क्रममा सडकमा निस्किएर बन्द आह्वान गरिरहेका केही बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमा बन्द गराउँदै हिँडेका अशोक कोइराला र दिलीप खतिवडा पक्राउ परेका छन् भने सिन्धुलीमा सिन्धुलीमा धनलाल स्वाम्वु पनि पक्राउ परेका छन् ।