Monday, June 17, 2013

महाकाली पीडितलाई राहत दिने घोषणा उद्दार समितिको बैठक जारी

अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीका कारण दार्चुलाको सदरमुकाम खलंगा उच्च जोखिममा परेको छ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढीका कारण खलंगामा ११ बटा सरकारी कार्यालयसहित झण्डै ६५ घर टहरा र ४ मन्दिर बगाएको छ । बाढीका कारण जोखिममा परेका ३ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

पानी आउनेक्रम केही रोकिएका कारण नदीको बहाव भने सामान्य घटेको बताइएको छ । बाढी पीडितलाई राहत दिने र आश्रय दिनेबारे निर्णय गर्न अहिले दैवी प्रकोप उद्दार समितिको बैठक जारी रहेको छ । मौसममा सुधार आएपछि काठमाण्डौंबाट नेपाली सेनाको जहाज झिकाएर राहत बाडिने उद्दार समितिले जनाएको छ । राहत वितरणसँगै समितिले बाढीले पुर्‍याएको क्षतिको विवरण पनि संकलन गर्ने जनाएको छ ।
पानीको बहाप केही कम भएपनि नदीको कटान रोकिएको छैन् । जमिनको सतह भासिनक्रम जारी रहेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मध्यरातमा महाकाली नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको थियो । सोमबार दिउँसोसम्म भारतले बाँध खोलेपछि नदीमा पानीको बहाब बढेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले बताउनुभयो ।