Friday, June 21, 2013

जर्मनीद्वारा नेपाललाई एक अर्ब ७५ करोड अनुदान

जर्मनीले ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न  एक अर्ब ७५ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले  कार्यान्वयन गर्ने उक्त कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा सौर्य प्यानल एवम् पानी नाप्ने पम्प जडान र त्रिशूली करिडरमा प्रसारण लाइन विस्तार गर्न प्राप्त अनुदान रकम खर्च गरिनेछ ।


शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत फ्रयाङ्क माइकी र मन्त्रालयको सहसचिव मधुकुमार मरासिनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

राजदूत माइकीले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताए । नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई जर्मनीले उच्च प्राथमिकता दिएको उनको भनाई थियो ।