Friday, June 21, 2013

विश्व संगीत दिवसको रौनक

विश्व संगीत दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  दिवसको अवसरमा राजधानीको वसन्तपुरमा विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गीत तथा नृत्य प्रस्ततु गरिएको थियो । संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

यस्तै दिवसको अवसर पारेर नेपाल सांगीतिक संघले राष्ट्रकवि माधवप्रसाद घिमिरे, गायक फत्तेमान राजभण्डारी, संगीतकार अम्बर गुरुङ र वाद्यवादक गोपालनाथ योगीलाई सम्मान गरेको छ । संगीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।