Saturday, July 13, 2013

एम ए पहिलो वर्षको परीक्षाफल प्रकाशित

गत वर्ष सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष (२०६८)को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । सो परीक्षाफल  www.educationsansar.com, www.edusanjal.com र www.tu.ntc.net.np मा हेर्न सकिन्छ । 

सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने

सरकारले आर्थिक वर्ष २०७०र०७१ को बजेट प्रस्तुत गर्ने भएको छ । आइतवार साँझ साढे ५ बजे राष्ट्रिय योजना आयोग ९डा। हर्क गुरुङ हल० मा अर्थामन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण ९बजेट० प्रस्तुत गर्नु हुने छ ।

२ करोड खर्च गरेर बिहे, दुलाहा – दुलही हेलिकोप्टरमा

धुम्म परेको शनिवारको विहान भरतपुर १२ स्थित थापाथली टोलमा भने छुट्टै रौनक थियो । जन्तीका लागि रोजी रोजी चढ्न गाडीको लावालस्कर । र दलाहाका लागि हेलिकोप्टर । दुलाहा रविशमशेर थापा लमजुङ बेसीसहर ३ त्रिवेणीटोलका तिलकबहादुर पौडेलकी छोरी साजनालाई तिपूर्वक ल्याउन हेलिकोप्टरमा उडे । ५५ वटा कार तथा जिप र ३ ठूला बसमा जन्तीको लस्कर निस्कियो । जन्ती ६ सयभन्दा बढी थिए । भरतपुरमा सम्भवत अहिलेसम्मकै ठूलो र भव्य विवाह भएको स्थानीयले बताए ।

जहाज बेच्न एजेन्ट नेपालमा, अफिसर्स क्लबमा वार्ता

नेपाली सेनाले एमआई १७ भी फाइभ ब्रान्डका दुईवटा रुसी हेलिकोप्टर खरिद गर्ने भएपछि रुसी बिचौलिया कम्पनी रोजोबोरोन एक्सपर्टका प्रतिनिधि चार दिनदेखि काठमाण्डौमा छन् । सेनानकै पहलमा हेलिकोप्टरको मूल्य निर्धारणका लागि जंगी अड्डामा उक्त रुसी कम्पनी र रुसकै सरकारी प्रतिनिधीसंग मोलमोलाई भइरहेको छ ।

Friday, June 21, 2013

खेलकुद पत्रकारको ‘स्पोट्स अवार्ड’ आज

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर आज  असार ८ गते नेपाल खेलकुद पत्रकार मञ्चले २०६९ सालको ‘स्पोर्ट  अवार्ड’ वितरण गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले दिएको जानकारीअनुसार यस वर्ष पनि विगतमा जस्तै आठ विधामा अवार्ड वितरण गरिने छ ।